नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल निर्वाचन मिति घोषणा गरेर निष्पक्ष निर्वाचन गर्न सरकार समक्ष माग गरेको छ ।
अनेरास्ववियु अध्यक्ष सुनिता बरालले आइतबार विज्ञप्ति जारी गर्दै लोकतन्त्रको मुल मर्म संवैधानिक सर्वाेच्चता र आवधिक निर्वाचन भएकोले तत्काल मिति घोषणा गरेर निष्पक्ष निर्वाचन गर्न सरकार समक्ष माग गरेकी छन् ।
अन्यथा लाखौं विद्यार्थीहरुलाई सडकमा उतार्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार वर्तमान सत्ता गठबन्धन हुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
तत्काल निर्वाचन मिति घोषणा गर्न माग गर्दै अनेरास्ववियुले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
यस्ता छन् आन्दोलनका कार्यक्रम
— माघ १७ गते देशैभरिका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालय मार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गर्ने ।
— माघ १७ गते देशैभरि अधिकतम २५ जना सम्म जम्मा भएर तत्काल निर्वाचन गर्नको निमित्त क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने ।
— माघ १८ गते सम्म स्थानीय निर्वाचन घोषणा नगरे प्रतिकात्मक रुपमा प्रतिगामी सरकारका मन्त्रीहरु सहभागि कार्यक्रममा कालोझण्डा देखाउने ।
— माघ १९ गते संघिय राजधानी (काठमाडौं) र प्रदेश राजधानीहरुमा कानूनविदहरुको उपस्थितिमा सडक बहस गर्ने ।