सुदूरपश्चिम प्रदेशमा थप ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार २२५ जनाको एन्टिजेन र ६९ जनाको पीसीआर परीक्षण गर्दा आज २३६ जनामा संक्रमण पुष्टि भएको हो।
आज संक्रमण पुष्टि भएकामध्ये ४७ जना आज नै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर ६६६ जना स्वदेश फर्केका छन्।
निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ७४३ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ७९ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा कैलालीको सेती अस्पतालमा उपचाररत थप २ कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीकी एक महिला र कञ्चनपुरका पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। कैलालीको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
उनका अनुसार ती महिलाको शनिबार ९हिजो०देखि अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको थियो। यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३१ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। शनिबार अस्पताल भर्ना भएका उनको आइसियूका राखेर उपचार भइरहेको थियो।