अभिनेत्री तेजस्वी प्रकाश भारतीय टेलिभिजनको रियालिटी शो ‘बिग बोस १५’ विजेता बन्न सफल भएकी छन् ।
टप–३ मा पुगेकी तेजस्वीले करण कुन्द्रा र प्रतिक सहजपाललाई हराएर विजेता बन्न सफल भएकी हुन् । उनले ‘बिग बोस १५’ को ट्रफीसँगै ४० लाख (भारतीय रुपियाँ)प्राप्त गरेकी छन् ।
फिनालेमा टप–२ मा तेजस्वी र प्रतिकबीच टक्कर भएको थियो । शोमा भएका सबैले प्रतिकलाई विजेता मानेका थिए ।
सामाजिक सञ्जालमा समेत प्रतिकलाई विजेता घोषित गरिएको थियो । तर, तेजस्वी विजेता बन्न सफल भइन् । तेजस्वीले ट्रफि जितेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । प्रतिक नै विजयी हुन योग्य भएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाइएको छ ।