माओवादीका युवा नेता रञ्जित तामाङले गठबन्धन टुटे पनि देश टुट्न नहुने बताएका छन् ।
एमसीसी पारित नभए गठबन्धन टुट्ने चर्चाका बिच तामाङले सोमबार बिहान सामाजिक सञ्जालमा यस्तो बताएका हुन् । त्यस्तै उनले सरकार ढले पनि स्वाभिमान बेचिन नहुनेमा जोड दिएका छन् ।
अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्ता गठबन्धनभित्र तनाव बढेको छ ।
गठबन्धनका अन्य दलले भने एमसीसी अहिलेकै अवस्थामा पारित गर्न नसकिने अडान राख्दै आएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को चालु अधिवेशनबाटै एमसीसी पास गर्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन् । प्रधानमन्त्री देउवाले एमसीसी पारित नभएको अवस्थामा गठबन्धन नै टुट्न सक्ने चेतावनी दिएको स्रोतको भनाइ छ ।
हेर्नुस् यस्तो छ तामाङको स्ट्याटस :-
गठबन्धन टुटोस्,
देश टुट्नु हुँदैन ।
बरु सरकार जाओस्,
स्वाभिमान बेचिनु हुँदैन ।
बल्छी खेल्ने 'बा'हरु जति छन्,
देश र जनताको भावनामा गिर खेल्न हुँदैन ।