सर्वोच्च अदालतको निर्णपछी नेपाली काँग्रेसको नेतृतवमा पाँच दलिय गठबन्धनले केन्द्र र प्रदेशहरुमा सरकार चलाईराखेका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धनले आगामी स्थानिय तथा प्रदेश र केन्द्रको निर्वाचनमा गठबन्धन बनाएर लड्ने बताईरहेका छन् । त्यो कतिको संभव छ वा कारगर हुने हो त्यो अर्कै कुरा हो ।
गत माघ १२ गते सम्पन्न राष्ट्रियसभाको निर्वानमा समेत गठबन्धनले १ सिट बाहेक १८ सिटमा जित हासिल गरेपछी उनिहरु थप हौसिएका छन् । आगामी निर्वाचनहरुमा संगै लडे बढिभन्दा बढि स्थानमा जित हासिल गर्ने उनिहरुको बुझाई छ ।
यता प्रतिपक्षमा रहेको सबैभन्दा ठुलो पार्टी नेकपा एमाले भने आगामी निर्वाचनमा गठबन्धनलाई टक्कर दिन रणनिती बनाउनेतिर लागेको छ ।
एमाले अध्यक्ष केपि शर्मा ओलिले गठबन्धनलाई मोर्चा बनाएर भएपनी हराउने रणनितिमा लागेका छन् । सत्ता बाहिर रहेका राजनितीक दलहरुलाई साँथमा लिएर मोर्चा बनाई निर्वाचनमा होमिन ओलिले भित्रि कुराकानी शुरु गरिसकेको हाम्रा श्रोतहरुले जनाएका छन् ।
के होला त ओलिको रणनिती ?
विश्वभरी नै अहिले गठबन्धनको राजनितिले पकड जमाएको छ । दक्षिण एसियाका देशहरुमा समेत गठबन्धनको राजनिती फलदायी भईरहेको देखिन्छ । नेपालको वर्तमान सरकार समेत गठबन्धनबाटै चलेको अवस्थामा ओलिले समेत सत्ता ईत्तरको दलहरुसंग गठबन्धन बनाउने मुडमा पगेका छन् ।
श्रोतका अनुसार पुर्वदेखी पश्चिम र पहाडदेखी मधेशसम्म क्षेत्रिय तथा राष्ट्रिय जनमत भएका दलहरुलाई समेटेर ओलिले वर्तमान सत्ता गठबन्धनलाई टककर दिने अभ्यासमा लागेका छन् ।
पुर्वि मधेशमा राम्रो पकड जमाएको लोकतान्त्रीक समाजवादी पार्टी र किसान आन्दोलन मार्फत जनताको मन जित्न सफल भएको जनमत पार्टीलाई साँथमा राख्नु ओलीको पहिलो रणनिति रहेको छ ।
मधेश बिरोधी चरित्रबाट बाहिर निस्किने हरेक प्रयास गरिरहेका ओलिले यसअघी लगातार मधेश प्रवेश गरेर त्यहाँका चुनिन्दा नेताहरुलाई समेत एमालेमा भित्राईसकेका छन् ।
पुर्वि मधेशमा पकड जनाएका लोसपा र जनमतको साँथ लिएर पुनः सत्तामा फर्कने ओलिको दाउँ छ ।
संसद बिघटन गर्दा लोसपालाई सरकारमा ठुलो हिस्सा दिएर ओलिलाई नेताहरुसंग राम्रो सम्बन्ध स्थापना गरिसकेका छन् ।
लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसंग नियमित सम्पर्कमा रहेका ओलिकै आदेशमा प्रदेश २ मा सम्पन्न राष्ट्रियसभाको २ सिटमा एमाले–लोसपा गठबन्धन बनेको थियो । गठबन्धन भएपनी पुर्वनिर्धारित हारलाई मोर्चाको बाटोमा अगाडी बढाईको संदेश मधेश प्रदेशमा दिईएको राजनितिक जानकारहरु बताउँछन् ।
लोसपापनी निशर्त ओलिको गठबन्धनमा सहभागि भएको हो । विभिन्न सार्वजनिक मञ्चहरुमै महन्थ ठाकुरले ओलिको गुणगाण गरेको कुरालले समेत सकारात्मक अवस्था सिर्जना गरेको देखिन्छ ।
आधिकारिक रुपमा निर्णय नभएपनी एमाले नेतृत्वको मोर्चामा लोसपाको सहभागिता निश्चित रहेको वर्तमान अवस्थाले दर्शाउँछ ।
लोसपा नेता तथा पुर्वमन्त्री जितेन्द्र सोनलले एमालेसंग मोर्चा बनाउने हालसम्म कुनैपनी निर्णय नभएको बताउँदै हालको राजनितिक अवस्थामा त्यसलाई नकार्न समेत नसकिने बताएका छन् ।
पुर्वि मधेशमा ओलिको अर्को रोजाईमा डा.सिके राउत नेतृत्वको जनमत पार्टी रहेको छ । स्वतन्त्र राष्ट्रको माग गर्दै आएका डा.राउतलाई ओलिले नै मुलधारको राजनितिमा प्रस्थान गराएका हुन् ।
विगतका केही दिनहरुमा जसपा नेता कार्यकर्ताहरुको आँखाको तगारो बनेका राउतलाई एमालेकै युवाहरुले अहिले सघाईरहेका छन् ।
जसपा नेतृ तथा संघीय सरकारकी मन्त्री रेणु यादवले सार्वजनीक मञ्चबाटै राउतको हत्या गराईदिनेसम्मको अभिव्यक्ती दिएपछी त्यसको बिरोधमा एमालेका युवा संगठनले खुल्ला रुपमा राउतको समर्थन गर्दै मन्त्री यादवमाथी कारवाहीको माग गरिआएका छन् ।
निर्वाचनको लागि जनमत पार्टी नयाँ भएपनी उसले मधेश प्रदेशमा राम्रो संगठन निर्माण गरेर पकड जमाईसकेको उनको कार्यक्रममा सहभागि हुने जनसमर्थनले दर्शाउँदछ ।
जनतमत पार्टीका महासचिव चन्दन सिंहले कुनैपनी दलसंग गठबन्धन गर्ने निर्णय पार्टी अहिलेसम्म नगरेको बताएका छन् । गठबन्धनको निर्णय नभएपनी निर्वाचनको मिति तोकिएपछी यसबारे छलफल हुने उनको भनाई छ ।
पश्चिममा हृदेश त्रिपाठी
पुर्वमा लोसपा–जनमतसंगै ओलिले पश्चिम मधेशमा भने त्यहाँ राम्रो पकड बनाएका हृदेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीलाई मोर्चा भित्र अटाउने रणनिति बनाएका छन् ।
विगतमा पनी स्वतन्त्र राजनितिक समुह मार्फत राजनितिक कृयाकलाप गरेका त्रिपाठी समुह २०७४ को आम निर्वाचनमा सुर्य चिन्हबाटै चुनाव जितिसकेको छ । त्रिपाठीलाई ओलिले आफ्नो सरकारमा स्वास्थ्य मन्त्री समेत बनाएका थिए ।
मधेशवादी पार्टीबाट अलग भएपछी त्रिपाठी समुह ओलिसंग नजिकिएकोले पनी उनिसंग गठबन्धन हुन समस्या नरहेको नेताहरु बताउँछन् ।
ओलिको मोर्चामा अटाउने अर्को पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी हुनसक्छ । राप्रपाले उठाएको हिंदु राष्ट्रको मुद्दालाई अलगै ढंगबाट अगाडी ल्याएका ओलिले त्यसबारे कन्भिन्स गर्नसक्छन् । विगतका दिनहरुमा राम मन्दीर लगायका मुद्दा उठाएका ओली आफुलाई हिंदुवादी नेताको रुपमा समेत अगाडी सारिसकेका छन् ।
मोर्चागत रुपमा लडे मात्र सफल भईने वर्तमान सत्ता गठबन्धनको परिमाणलाई देखाएर ओलिले राप्रपालाई साँथमा लिनसक्छन् । विगतका विभिन्न मुद्दाहरुमा समेत राप्रपाले ओलिलाई साँथ दिईसकेको छ ।