प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ जेठ ४ गते स्थानीय तहको चुनाव हुने तयारी भईरहेको भन्दै सोका लागि तैयार रहन काँग्रेस कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
सरकारले ज्येष्ठ ४ गते स्थानिय चुनाव गर्ने गरी मिति तोक्ने तयारी गरेको समेत देउवाले बताएका छन् ।
आज नेपाली काँग्रेस बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा प्रधामनमन्त्री देउवाले जेठ ४ मा चुनाव हुने भन्दै त्यसको तयारीमा लाग्न भनेका हुन् ।
२०७९ जेठ ५ गते मा स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले उक्त मिति भित्र चुनाव गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।
देउवाले संविधान अनुसार नै चुनावको मिति तोक्ने निर्णय लिएको र कार्यकाल सिकिनु १ दिन अवागै चुनाव गराउने तयारी थालेका हुन् ।
यसअघि सत्ता गठबन्धनले पनि चुनाव संविधान अनुसार तोक्न सुझाएका थिए । तर, देउवाले एमसीसी पारित भएपछि मात्र चुनावको मिति घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।
एमसीसी अबको १० दिनभित्रै पारित गर्ने लक्ष्यका साथ देउवा अगाडी बढिसकेका छन् ।
१०० दिनको समयसीमा राखेर चुनावको मिति घोषणा गरिहाल्न निर्वाचन आयोगले आग्रह गर्दै आएको छ ।
त्यही समयसीमा राखेर देउवाले तयारी थालेका हुन् । विश्वस्त स्रोतका अनुसार देउवाले निर्वाचन आयोगका पदाधिकारीलाई चुनावको तयारी गर्न सन्देश पठाइसकेका छन् ।