पुर्वमन्त्री सरिता गिरिले पुर्वप्रधानमन्त्री एवम जनता समाजवादी पार्टी (जसपा) नेता डा.बाबुराम भट्टराईलाई एमसिसिबारे भ्रम नफैलाउन सचेत गराएकी छिन् ।
अमेरिकी सहयोग परियोजना (एमसिसि) को खुल्ला सपोर्ट गरिरहेका डा.भट्टराईलाई सम्बोधन गर्दै नेतृ गिरिले देशहित भन्दा गठबन्धन ठुलो नभएको भन्दै सिमित स्वाथ्र्यका लागि मुद्दालाई नबंग्याउन आग्रह समेत गरेकी छिन् ।
एमाले नेता डा.भिम रावल र डा.भट्टराईबिच पछिल्ला दिनहरुमा पिएचडी डिग्रिबारे भईरहेको जुहारीलाई ईंगित गर्दै नेतृ गिरीले एमसिसि जस्तो मुद्दालाई ख्यालठट्टामा नउडाएर चितबुझ्दो जवाब दिन डा.भट्टाराईसंग आग्रह गरेकी हुन् ।
‘डा.भट्टराईसंग मेरो आग्रह छ, एमसिसिबारे डा.भिम रावलले उठाएको प्रश्नहरुबारे आधार र तर्कसहितको उत्तर दिनुस’, नेतृ गिरिले भनिन्– ‘लिपुलेक र लिम्पियाधुराका मुद्दालाई समेत राष्ट्रवादसंग जोडेर भ्रम छर्नु भो, एमसिसिबारे प्रष्ट हुनुस् ।’
जसपाबाटै प्रतिनिधिसभा सदस्य भएकी गिरिलाई लिपुलेक र लिम्पियाधुराबारे आफ्नो भनाई राखेकै आधारमा सांसद पदबाट निलम्बित गराएका डा.भट्टराईले राष्ट्रिय हितका मुद्दामा भ्रम छर्ने गरेको नेतृ गिरिले बताईआएकी छिन् ।
आज सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेतृ गिरिले ‘भगवान शिव र वुद्धको देशमा विदेशी शक्तिको बंदुक आवश्यक नभएको भन्दै, आफ्नो सुरक्षाका लागि बन्दुक आमत्रण गर्दै त हुनुहुन्न् ? भनि प्रश्न समेत गरेकी छिन् ।
देश बिकाशका लागि न्यायालय र अख्तियारलाई स्वतन्त्र रुपले काम गर्नदिए पुग्ने भन्दै गिरिले भ्रष्टाचारका मुद्दाहरुलाई अगाडी बढाउन र त्यसको छिनोफानोपछी मात्रै चुनावमा जान सुझाव समेत दिएकी छिन् ।