किसानहरुको आलु भण्डारण नगरेको भन्दै जनमत पार्टीले बाराको सिम्रौनगढ स्थित एक चिस्यान केन्द्र (कोल्ड स्टोर) मा तालाबन्दी गरेको छ ।
ठुलठुला उधोगीहरुको आलु भण्डारण गरी किसानले उब्जाएको आलुलाई बेवास्ता गरेको भन्दै जिल्लाको सिम्रौनगढ नगरपालिका ५ नहर चौकमा रहेको शिवशक्ति आईस एण्ड कोल्ड स्टोरमा जनमतका कार्यकर्ताहरुले तालाबन्दी गरेका हुन् ।
कोल्ड स्टोरका सञ्चालकले वास्तविक किसानहरुसँग विभेद गरेको र माफियाहरुलाई मात्र प्राथमिकता दिएको भन्दै कोल्ड स्टोरमा तालाबन्दी गरिएको जनमत पार्टी बाराका सचिव विजय गुप्ताले बताए ।
बिगत एक सातादेखी किशानहरुले आफ्नो आलु कोल्ड स्टोरमा भण्डारण गर्न चलान (पुर्जी) मागिरहँदा सञ्चालक फरार भएको तर ठुलठुला व्यापारीहरुको बढी मात्रामा आलु भण्डारण गरेपछी किसानहरुको सक्रयतामा तालाबन्दी गरिएको गुप्ताले बताए ।
गुप्ताले भने– ‘सर्वसाधारण किसानहरुको ५ देखि २५ बोरा आलु स्टोर गर्न नमान्ने तर ठुला व्यापारीको ट्रक का ट्रक आलु भण्डारण गरिएपछी आक्रोशित किशानहरुले तालाबन्दी गरेका हुन् ।’
बाराको सिम्रौनगढ ईलाका आलु तथा तरकारी खेतिका लागि प्रख्यात छ । चिसो मौसमा यहाँ अत्यधिक मात्रामा आलुको उत्पादन हुनेगरेको छ । अहिले उत्पादन भएको आलु भण्डारण गरेर अफ सिजनमा बिक्रि गर्ने गरिएको छ ।
यसअघी सोमवार स्टोरले आलु भण्डारणका लागी पुर्जि नकाट्दा किसानहरुले १ घण्टा सडक जाम गरेका थिए ।
सो कोल्ड स्टोर नेपाली काँग्रेसका नेता तथा पुर्व सांसद राधेचन्द्र यादवका नातेदार भजन यादवको भएको बुझिएको छ । सञ्चालक यादव भने सम्पर्कबिहिन छन् ।