किसान आन्दोलन गरिरहेको जनमत पार्टीले नयाँ स्वरुपको आन्दोलनका कार्यक्रम सहित आजदेखी पुर्वदेखी पश्चिमसम्मको तराई–मधेशको राजमार्ग अवरोध गरेको छ ।
विभिन्न १२ सुत्रिय माग राखि बिगत ४० दिनदेखी आन्दोलन गरिरहेको जनमत पार्टीले आजबाट पुर्व मोरङ्गदेखि पश्चिमको बर्दियासम्मको राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेको हो ।
पार्टीको निर्णय बमोजिम आज विहानैदेखि जनमतका कार्यकर्ता राजमार्गमा टेन्ट लगाएर बसेका छन् । उनिहरुले सडकमै खाना पकाउने र त्यहीँ डेरा जमाउने भएका छन् ।
आन्दोलनका कारण तराई–मधेशमा पुर्वदेखि पश्चिम सम्मको यातायात अवरुद्ध भएको छ ।
किसानहरुको हक अधिकारका लागि झण्डै डेढ महिनादेखि आन्दोलन भइरहँदा पनि सरकारले आफूहरुको माग नसुनेको भन्दै उनिहरुले राजमार्ग अवरुद्ध गरेका हुन् ।
पुस ९ गतेदेखि किसानहरुले विभिन्न चरणको विरोधका कार्यक्रमहरु गरिसकेका छन् । तर, हालसम्म पनि सरकारले सुनवाई नगरेपछी आजदेखी सडकमै बस्ने खाने गरी राजमार्ग अवरुद्ध गरेर प्रदर्शन सुरु गरेका हुन् ।
आन्दोलनको क्रममा बिधालय, फलफुलसहित आतिआश्यक सवारीसाधन बाहेकका सवारीहरु दिउँसोसम्मका लागि बन्द गर्ने जनमत पार्टीका नेता बिपि साहले जनाए ।
किसानहरुको माग तत्कालै सम्बोधन नगरे आन्दोलन थप शसक्त हुँदै जाने साहले चेतावनी समेत दिएका छन् ।
किसानलाई समयमा मलखाद उपलब्ध गराउन, उखु किसानको भुक्तानी गराउन, किसान कार्डको व्यवस्था गर्न, किसानलाई पेन्सनको व्यवस्था गर्न, कृषिकलाई निःशुल्क विधुत दिनलगायतको माग राख्दै जनमत पार्टीको नेतृत्वमा किसान आन्दोलन भइरहेको हो ।
जनमतको आन्दोलनमा विभिन्न राजनितिक दल लगायत संघसंस्था तथा किसानहरुको समर्थन रहेको नेता साहले जनाए ।
राजमार्ग अवरुद्ध गर्ने पुर्वसंध्यामा बुधवार जनमतका कार्यकर्ताले मधेशभरी मशाल जुलुस समेत प्रदर्शन गरेका थिए ।