बितेको माघ १० गते बाराको आदर्श कोतवाल गाउँपालीका वडा नं.३ को बतरा गाउँमा एक बिभत्स घटना भयो ।
विवाहको जन्ती जान तयार रहेको बेहुला बोक्ने रथ अचानक अनियन्त्रीत हुँदा २ जनाको घटनास्थलमै मृत्यु भयो भने १४ जना सिकिस्त घाईते छन् ।
स्थानिय लझु महराका छोरा जयराम महरा को बिहे थियो, महरा जन्ती जानु अगाडी सोही रथमा सवार थिए, घरनजिकैको ब्रहम्बाबाको पुजा गर्न गएको बेला रथको स्टेयरिंग अनियन्त्रीत भई घटना भयो, जसमा बालकुमारी राम र निलम कुमारी रामको घट्नास्थलमै मृत्यु भयो ।
अगाडि हिँडिरहेका जन्तीहरुलाई पछार्दै रथ परको रुखमा ठोकिएर पल्टिदा उक्त धटना भएको थियो ।
अति बिपन्न दलित बस्तिमा भएको उक्र घटनाले पुरा गाउँनै शोकमा डुब्यो । आर्थिक अवस्था खराब रहेका घाईतेहरुको उपचारमा समस्या भइरहेका परिवार भेट्न न त स्थानिय सरकार पुग्यो न त प्रदेश सरकार ।
दलितहरुलाई सहयोग गर्न स्थानिय केही नेताहरुले प्रयास गरे, तर त्यहाँका गाउँपालिका अध्यक्षले आर्थिक सहयोग गर्ने नियम नभएको भन्दै सहयोग गरेनन् ।
दलितहरुको घाउमा मल्हम लगाउन कसैले अग्रसरता नदेखाएपछी आज लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल त्यहाँ पुगका छन् ।
सरकारको अनुभुति नगरेका बतराबासिको पिडामा मल्हम लगाउन पुगेका सोनलले लोसपाको तर्फबाट ५० हजार रुपैयाँ सहयोग प्रदान गरे । उनले मधेश प्रदेश सरकारसंग थप सहयोगका लागि प्रदेशसभामा आवाज उठाउने प्रतिबद्धता समेत जनाए ।
घटनामा घाईते भएका १४ मध्ये १ जनाको उपचार काठमाडौंमा तथा अन्यको उपचार विरगञ्ज र कलैयामा भईरहेको छ ।
घाईतेको उपचारका लागि समेत लोसपाले सहयोग गर्ने प्रतिबद्धता नेता सोनलले गरे ।
लोसपाका नेता तथा बतराबासी संजय यादवले अति पिछडा समाजका दलितहरुको बस्तिमा भएको घटनाबारे मधेश प्रदेश सरकारलाई समेत जानकारी गराएको तर उनिहरुले नसुनेको बताए ।
उक्त घटनास्थल बाराको आदर्श कोतवाल गाउँपालीकामा पर्दछ । गाउँपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीका महम्मद मुस्तुफा अध्यक्ष छन् । प्रतिनिधिसभाको क्षेत्र नं.१ मा पर्ने उक्त स्थानबाट नेपाली काँग्रेसका सहमहामन्त्री तथा नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरी सांसद छन भने नेकपा एमालेका त्रिलोकी चौधरी प्रदेशसभा सांसद छन् ।
यसअघी घटनाको अघिल्लो दिन त्यहाँ पुगेका छिमेकी सिम्रौनगढ नगरपालिकाका मेयर विजयशंकर यादवलले मृतक परिवारलाई २५–२५ हजार रुपया आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए ।