लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अमेरिकी सहयोग परियोजना (एमसिसि) पारित गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ठाकुरसँग एमसिसि पारित गर्ने विषयमा सहयोगका लागि आज गरेको छलफलमा ठाकुरले उक्त प्रतिबद्धता जनाएका हुन् ।
ठाकुरसंगको भेटमा देउवाले संसदबाट एमसीसी पारित गर्न ठाकुर नेतृत्वको लोसपाको समर्थन मागेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार देउवा र ठाकुरबीच एमसिसिलगायत पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत छलफल भएको बुझिएको छ ।
छलफलमा प्रधानमन्त्री देउवाले एमसिसि मुलुकको हितमा भएकाले संसदबाट पारित गर्न लोसपाको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।
जवाफमा अध्यक्ष ठाकुरले एमसीसी पारित गर्ने विषयमा आफ्नो पार्टी सकारात्मक रहेको भन्दै त्यसबारे पहिला सरकारले निर्णय गर्नुपर्ने बताएका थिए ।
संसदमा एमसिसि टेबुल गर्न सभामुख अग्नी सापकोटा बाधक भईरहेको देउवाको भनाईमा ठाकुरले सभामुखलाई हटाउन महाअभियोग लगाए आफुहरुले सहयोग गर्ने बताएका थिए ।
देउवाले एमसिसि कुनै हालतमा पनी पास गर्ने बताउँदै त्यसमा बाधा उत्पन्न गर्न खोज्नेको बिकल्प दिन काँग्रेस तयार रहेको बताए ।