नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यथास्थितिमा एमसीसी पारित नहुने बताएका छन् ।
माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल वैठकलाई आज सम्वोधन गर्दे अध्यक्ष प्रचण्डले यथास्थितिमा एमसीसी पारित नहुने बताएका हुन् ।
उनले राष्ट्रिय सहमतिविना एमसीसी अघि नवढ्ने पनि स्पष्ट पारे । एमसीसीलाई हतियार बनाएर गठवन्धन तोड्ने, राजनीतिक बातावरण विगार्न र प्रतिगमनमा देशलाई लैजाने षड्यन्त्र असफल भएको भन्दै प्रचण्डले एमसीसी विषयलाई लिएर गठवन्धन नटुट्ने बताए ।
उनले देश निर्वाचन केन्द्रीत हुन थालेकाले पार्टीलाई गाउँ केन्द्रीत कार्यक्रम वनाएर परिचालन गर्न निर्देशन दिए ।