सुदूरपश्चिम प्रदेशमा थप १७२ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा १ हजार ३१९ नमूनाको कोरोना जाँच गर्दा १७२ संक्रमित थपिएका हुन ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार १ हजार २९८ जनाको एन्टिजेन र २१ जनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गरिएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा १ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–३ की ७४ वर्षीया महिला रहेकी छिन । उनको सेती प्रादेशिक अस्पतालमा उपचाका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।