गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
प्रदेशभित्रका विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा १३५ महिला र १५५ पुरुषमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
सङ्क्रमित हुनेमा कास्कीका १७९, स्याङ्जाका २६, बाग्लुङका १९, लमजुङका १७, म्याग्दीका १५, तनहुँका १४, मुस्ताङका नौ, पर्वतका पाँच, नवलपरासी पूर्वका चार, गोरखा र मनाङका एक÷एक रहेका छन् ।
यस्तै कोरोना सङ्क्रमणका कारण थप एकको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१० का ६४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज दिनको १२:५० बजे पोखरामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । निजमा गत माघ १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो