तीनजनाको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिनेमा सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने मुख्य आरोपी ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलम रहेका छन् ।
उनीहरु व्यवसायी राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको आरोपमा पक्राउ गरेका थिए ।
श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथानस्थित उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको थियो । साथै, लिम्बुको शव बिहीबार ललितपुर महानगरपालिका–१२ ठेंचोस्थित एक गोदाम घर रहेको कम्पाउण्डमा गाडिएको अवस्थामा फेला परेको थियो ।