कर्मचारीलाई कार्यालयमै थुनेर कालोमोसो दल्ने र अभद्र व्यवहार गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दुल्लु नगरपालिका–९ का ३६ बर्षीय प्रेमबहादुर भण्डारीलाई पक्राउ गरेको हो ।
माघ १३ गते जिल्लाको दुल्लु नगरपालिका–९ को वडा कार्यालयमा कार्यरत वडा सचिव रत्नाकुमारी गिरी र सामाजिक परिचालक भगवती न्यौपाने कार्यालयमा कामकाज गरिरहेको अवस्थामा भण्डारी लगायतका १० जनाको समूहले अभद्र व्यवहार गरी कालोमोसो दल्न खोज्ने गैरकानुनी कार्य गरेको थिए ।
पक्राउ परेका भण्डारीलाई जिल्ला प्रशासन कार्यालय दैलेखबाट १० दिनको म्याद थप अनुमति दिई अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डीएसपी) भुवनेश्वरप्रसाद शाहले उक्त कार्यमा संलग्न ८ जनालाई यसअघि नै पक्राउ परी कानुन बमोजिम अनुसन्धान भइरहेको बताए ।