प्रदेश–१ मा पछिल्लो २४ घण्टामा ३३७ मा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७२४को पीसीआर परीक्षण गर्दा २२१ र ४९४ को एन्टिजेन परीक्षण गर्दा ११६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ४९, झापामा ३१, उदयपुरमा सात, धनकुटामा दुई, सङ्खुवासभा, पाँचथर, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका १८ मा सङ्क्रमण देखिएको हो।
मोरङको विराटनगरमा ७५, सुन्दरहरैचामा आठ, बुढीगङ्गामा पाँच, उर्लाबारीमा चार, पथरीशनिश्चरे, बेलबारी र रतुवामाईमा तीन/तीन, लेटाङ, कानेपोखरी र स्थानीय तह नखुलेका दुई/दई, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा एक/एक, सुनसरीको इटहरीमा १६, धरानमा १२, रामधुनीमा चार, इनरुवा, बराहक्षेत्र, बर्जु र दुहवीमा तीन÷तीन, हरिनगर, गढी र देवानगञ्जमा एक÷एक र स्थानीय तह नखुलेका दुई/दुई जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार झापाको भद्रपुरमा पाँच, अर्जुनधारामा चार, बाहृदशी, विर्तामोड, दमक, मेचीनगर र कमल गाउँपालिकामा तीन/तीन, शिवसताक्षी र कनकाईमा दुई/दई, कचनकवल, गौरादह र झापा गाउँपालिकामा एक/एक, उदयपुरको चौदण्डीगढीमा दुई, कटारी, त्रियुगा, उदयपुरगढी, बेलका र स्थानीय तह नखुलेका एक/एक, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा दुई/दुई, संखुवासभाको खाँदबारी, पाँचथरको फिदिम, भोजपुरको हतुवागढी र खोटाङको दिप्रुङमा एक÷एक र प्रदेश बाहिरका १८ जनामा सङ्क्रमण देखिएको छ ।
प्रदेशमा आज ३७३ महिलासहित ८४६ कोरोना सङ्क्रणबाट मुक्त भएका छन् । यस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित तीन जनाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ७७ रहेको मन्त्रालयले जनाएको छ ।