शनिबार (आज)मध्यान्हपछि मौसममा केही सुधार हुने मौसमविद्ले बताएका छन् ।
बिहीबार रातिदेखि देशका विभिन्न भागमा वर्षा र हिमपातका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ ।
यो क्रम शनिबार बिहान सम्म रहने र मध्याह्नपछि केही सुधार हुने जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
'शनिबारबाट मौसममा केही सुधार हुने देखिएको छ' उनले भनिन्, 'शनिबार मध्याह्नपछि केही सुधार हुन्छ। बादल त लाग्छ, तर वर्षा हुँदैन ।'