भारी हिमपातका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ ।
डोजर र नेपाली सेनाले हिउँ पन्छाएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज साँझबाट सञ्चालमा आएको छ ।
बिहीबारदेखि परेको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको थियो । भने सयौं गाडी र हजारौं यात्रुहरु अलपत्र परेका थिए । आज बिहानैदेखि हिमपात रोकिएपछि डोजर र नेपाली सेनाले हिउँ पन्छाएको हो ।
राजमार्गमा भएको बाक्लो हिउँ पन्छाएपछि सडक सञ्चालनमा आएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जननाएको छ । राजमार्ग सुचारु भएसँगै बाटोमै अलपत्र परेका यात्रु र सवारी गन्तव्यतर्फ लागेका छन् ।