पछिल्लो केही दिनयता सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमितहरुको संख्य घटेको छ। शनिवार प्रदेशमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ सय ३१ जनाको एन्टिजेन र १ सय १६ जनाको पीसीआर परीक्षण गर्दा आज ९० जनामा संक्रमण पुष्टि भएको हो। शुक्रवार १२५ जनामा संक्रमण फेला परेको थियो भने, बिहीवार १७२ जनालाई कोरोना पुष्टि भएको थियो। आज संक्रमण पुष्टि भएकामध्ये २७ जना आज नै भारतबाट फर्केका नागरिक हुन्।
आज सुदूरपश्चिमका नाका भएर ९७४ जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा ३ हजार ३११ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ७६ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।