प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेट हुने भएको छ ।
उनीहरुबीच आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुन लागेको हो ।
भेटमा संसद अवरोध अन्त्य, एमसीसी, स्थानीय तह निर्वाचनलगायतका समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
संसद अवरोध हटाउन आग्रह गर्दै देउवा ओली निवास पुगे पनि एमालेले संसद अवरोध कायमै राखेको थियो । साथै, ओलीले सर्वदलीय बैठक बहिष्कार गर्दै आएका थिए ।
तर, ओली एक्कासि देउवा र प्रचण्डसँग भेटवार्ता गर्न तयार हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने सहभागी हुने छैनन् ।
एमालेले नेपाललगायतका सांसदलाई कारवाही गर्नुपर्ने माग गर्दै संसद अवरोध गर्दै आएको छ ।