प्रायजसो मधेशका युवतिहरु माध्यमिक तहको शिक्षा प्राप्त गर्नसाँथ घरगृहस्तिमा लाग्ने गरेका छन् ।
कम उमेरमै विवाह गर्ने चलनका कारण उच्च शिक्षा हासिल तथा सरकारी सेवामा प्रवेश गर्ने मौका नपाउने गरेको कयौं यदहारण छन् ।
तर बाराका दुई दिदिबहिले एकै पटकमा लोकसेवामा नाम निकाली अर्को उदहारण कायम गरेका छन् ।
बाराको महागढीमाई नगरपालिकाकी दुबै दिदीबहीनीले एकैपटक लोक सेवामा नाम निकालेपछी उनिहरुको सर्वत्र चर्चा भईरहेको छ ।
महागढीमाई नगरपालिका वडा नम्बर ६ निवासी पारसनाथ बरैका दुई जना छोरीहरुले एकैपटकमा लोकसेवामा नाम निकालेका हुन् । बरैका जेठी छोरी लालमुनी चौरसिया र कान्छी छोरी कौशिला कुमारी चौरसियाले लोकसेवामा एकैपटक नाम निकालेर नियुक्ति पाएका हुन् ।
लोकसेवा अन्तर्गत स्वास्थ्य सेवामा दुबैले नाम निकालेका हुन् । लालमुनीले गण्डकी प्रदेश प्रदेश लोक सेवा आयोग पोखरा अन्र्तगत अनमी पदमा तथा कौशिलाले पनि सोही प्रदेशको स्वास्थ्य सेवाको अहेब पदमा नाम निकालेकी हुन् ।
दुबै छोरीहरुले लोक सेवाको एकै पटकमा नाम निकालेपछी बुवा पारसनाथको मन गदगद छ । दैनिकजसो शुभकामना तथा बधाई दिनेकहरुको ताँती लागेपछी उनि आफुलाई गौरवान्वित महसुस गरिरहेका छन् ।
कौशिलाले पहिलो पटकको प्रयासमै अहेवमा नाम निकालेकि हुन भने लालमुनीले तेस्रो पटकको प्रयासमा नाम निकालेकी हुन ।
छोरीहरुको कडा मिहेनत, परिश्रम तथा अध्ययनप्रतिको लगनशीलताले उनिहरु एकै पटक सरकारी सेवामा प्रवेश गरेपछी पुरै परिवार नै खुसि छ ।
छोराले मात्रै सरकारी जागिर गर्नसक्छन भन्ने मान्यतालाई गलत साबित गर्दै छोरीहरुले परिवार र समाजको नाम उँचो पारेकोमा पारसनाथ अत्यन्तै खुसि छन् ।