प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले सोमबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्ने सम्भावना रहेको छ । यसअघि सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले अब बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्ने बताएका थिए ।
स्थानीय तहको निर्वाचनबारे प्रधानमन्त्री देउवाले निर्वाचन आयोग, सत्ता गठबन्धन, प्रमुख प्रतिपक्षी दल एमालेलगायतसँग छलफल गरिसकेका छन् ।
यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।