शेयर बजार परिसूचक नेप्से आज मंगलबार १६ अङ्कभन्दा धेरैले घटेको छ । नेप्से आज १६ दशमलव तीन अङ्कले घटेर दुई हजार आठ सय ३५ दशमलव ५८ विन्दुमा झरेको छ ।
आज एक करोड २० लाख ५३ हजार कित्ता शेयर ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार ५ अर्ब २ करोडको कारोबार हुँदा परिसूचक १५ अंकले बढेको थियो ।
सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ३५ करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै लिबर्टी हाइड्रोको शेयर ६ दशमलव २७ प्रतिशत र नेपाल हाइड्रो डेपलपर्सको शेयर पाँच दशमलव १८ प्रतिशतले घटेको छ । नेपाल इन्सोरेन्स कम्पनीको शेयर भने झन्डै चार अङ्कले बढेको छ ।
सबैभन्दा बढी सेयर मूल्य घट्नेमा लिबर्टी इनर्जी कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य एकैदिन ६.२७ प्रतिशतले घटेर प्रतिकित्ता ३८९ रुपैयाँमा झरेको छ ।
कुल ४० कम्पनीको मूल्य बढ्यो भने १४० कम्पनीको घट्यो । ११ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
आज बैंकिङ ६, विकास बैंक ५१, फाइनान्स ९, जलविद्युत ५३, जीवन बीमा १६८, माइक्रोफाइनान्स ३५ र अन्य उपसमूह २ अंकले घटे । त्यस्तै व्यपार २, निर्जीवन बीमा ५६, उत्पादन २७ र होटल तथा पर्यटन ३ अंकले बढे ।
स्थानीय तहको निर्वाचन घोषणासँगै बढ्ने अनुमानका बीच मंगलबार नेप्से घटेको हो ।
कारोबार खुलेको ५ मिनेटमै परिसूचक बढेर २९२१ अंकसम्म पुगे पनि त्यसपछि अन्तिम समयसम्म ओरालो लागेकाे थियाे ।