मधेस प्रदेशको प्रदेशसभा अन्तर्गतको रिक्त रहेको ३ संसदीय विषयगत समितिका सभापति चुनिएका छन् ।
आज प्रदेशसभाको समितिहरुको बैठकमा बहुमतिय पद्धती अनुसार तिनै समितिका सभापति चुनिएका हुन् ।
हिजो मात्रै सत्तारुढ गठबन्धनका उम्मेदवार बिरुद्ध लोसपा–एमाले गठबन्धनले दुई समितिमा उम्मेदवार खडा गरेको थियो ।
एक समितिमा भने नेकपा माओवादी केन्द्रका तर्फबाट प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा जगतप्रसाद यादवले मात्र दाबी गरेपछि उनी सर्वसम्मत रुपमा चयन भएका छन् ।
आज सभापति चुन्ने प्रक्रिया अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ नेपाली काँग्रेसका नरेशकुमार यादव तथा कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका मदनसेन श्रीवास्तव बहुमतले चयन भएका हुन् ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार संबैधानिक प्रक्रिया अनुसार तिनैजना सभापतिमा चुनिएका हुन् ।
यसअघी सार्वजनिक लेखा समितिको सभापति आफुलाई दिनुपर्ने माग गरिआएको प्रमुख प्रतिपक्षी लोसपाले एमालेसंग मिलेर लेखा तथा कृषि समितिमा उम्मेदवारी दर्ता गराएको थियो ।
लोसपाका प्रह्लाद गरिरिले सार्वजनिक लेखा तथा एमालेकी जगतारण देवी सुंढिनले कृषि तथा भूमि व्यवस्था समितिको सभापति पदमा उम्मेदवारी दिएकी थिईन् ।