मंगलबार सुदूरपश्चिम प्रदेशमा थप १०६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ३३५ नमूना परीक्षण गर्दा थप १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
निर्देशनालयका अनुसार १ हजार २१८ जनाको एन्टिजेन र ११७ जनाको पीसीआर परीक्षण गर्दा १०६ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकामध्ये ३१ जना आज भारतबाट फर्केका नागरिक हुन् ।
२४ घण्टामा सुदूरपश्चिमका नाका भएर १ हजार ४५ जना स्वदेश फर्केका छन् । प्रदेशमा २ हजार ३८२ जना सक्रिय संक्रमित रहेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।