लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेशमा असोज २ पछि मात्रै स्थानिय निकाय चुनाव गर्न माग गरेको छ ।
स्थानिय निकायको निर्वाचन मधेश प्रदेशमा २०७४ असोज २ गते भएको भन्दै संबैधानिक व्यवस्था अनुसार ५ वर्षको कार्यकाल नसकुञ्जेल अर्को निर्वाचन गराउनु निर्वाचित जनप्रतिनिधिहरुको अधिकारलाई बञ्चित गराउनु सरहको हुने भन्दै लोसपाले उक्त अवधि सकेपछी मात्रै निर्वाचन गर्न माग गरेको हो ।
लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले आज एक बिज्ञप्ती जारी गर्दै संबिधानमा भएको व्यवस्था अनुसारै निवाएचन गराउन माग गरेका हुन् ।
‘संबिधानको धारा २१५(६), २१६(६) र २२०(५) मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल ५ वर्ष हुने उल्लेख छ’, सोनलले भनेका छन– ‘निर्वाचित पदाधिकारीहरुलाई १ दिन पनि कामबाट बञ्चित गरिनु संबिधानको मर्म विपरित हुन्छ ।’
लोसपाले बैशाख ३० गते स्थानिय निकाय निर्वाचन गर्ने निर्णयको समर्थन गर्ने भन्दै नेता सोनलले मधेश प्रदेशमा भने संबिधान बमोजिम नै चुनाव गराउन सरकार, निर्वाचन आयोग तथा संबन्धित निकायसंग माग गरेका हुन् ।