बिहीबार सेयर बजारमा दोहोरो अंकले घटेको छ । तर, कारोबार रकममा भने केही सुधार आएको छ ।
बिहीबार ११ दशमलव ९६ अंकले घटेर नेप्से २ हजार ८ सय १ दशमलव ५६ अंकमा झरेको छ ।
आज नेप्से घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ । बुधबार ३ अर्ब ४९ करोडको शेयर कारोबार भएकोमा बिहीबार ६९ लाख ५० हजार कित्ता शेयर ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार साल्ट ट्रेडिङ कर्पोरेसन, सिन्धु विकास बैंक, एनटीसी, आईसीएफसी लगायतका कम्पनीहरुको सेयर मूल्य बढेको छ ।
व्यापार समूहमा ४६ अंकको सुधार आउँदा अन्य समूह १२ अंकले र म्युचुअल फण्ड समूहमा सामान्य सुधार आएको छ । यसबाहेक, अन्य सबै समूहमा गिरावट आएको छ ।