राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष पशुपति शम्शेर जबराले अर्का निवर्तमान अध्यक्ष कमल थापा पुनः पार्टीमा फर्कनने विश्वास व्यक्त गरेका छन् ।
उनले पत्रकारसँग भने, ‘थापाले माघ २५ गते राप्रपा परित्याग गर्नुभएको हो । उहाँका धेरै कुरा सार्वजनिक भइसकेका थिए । धैर्य गरेर छलफल गरौं भनेर अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ ।’
पार्टी एकताका लागि प्रयास भइराखेको अवस्थामा थापाले अपरझट निर्णय लिएको उनको भनाइ छ ।