नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बैठक माघ २८ र २९ गतेका लागि बोलाइएको थियो । तर, अघिल्लो दिन केन्द्रीय कमिटी बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । उनले कोरोना महामारीका कारण बैठक स्थगित गरिएको बताए ।
यसअघि माघ २७ गतेका लागि बोलाइएको बैठक बस्ने ठाउँ तय नभएका कारण माघ २८ र २९ गतेका लागि सारिएको थियो ।
माओवादीको केन्द्रीय समिति बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का विषयमा पार्टीको धारणा प्रष्ट पार्ने र पार्टीका पदाधिकारी चयनबारे पनि छलफल गर्ने तय भएको थियो ।