आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ । नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्नेछ ।
सिरिजको तालिका
माघ २८ (११ फेब्रुअरी) – नेपालविरुद्ध ओमान
माघ २९ (१२ फेब्रुअरी) – नेपालविरुद्ध युएई
फागुन २ (१४ फेब्रुअरी) – नेपालविरुद्ध आयरल्यान्ड
प्रत्यक्ष प्रसारण:
नेपालमा खेलको प्रदर्शन हिमायल टिभी, युटुबमा ओएसआर स्पोर्ट्स र दराज एप्सबाट हेर्न सकिने छ । आइसिसी लाइभ र फ्यान कोर्डबाट विदेशमा हेर्न सकिनेछ ।
ग्लोबल छनोट र तालिका:
सिरिजपछि नेपालले फेब्रुअरी १८ देखि २४ तारिख विश्वकप छनोट खेल्नेछ । विश्वकप छनोटमा आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् ।
प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउनेछन् ।
टि–२० विश्वकप छनोट तालिका:
फागुन ६ (१८ फेब्रुअरी) – नेपालविरुद्ध ओमान
फागुन ७ (१९ फेब्रुअरी) – नेपालविरुद्ध फिलिपिन्स
फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा
फागुन १० (२२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल (समूह ए को विजेता र समूह बी को उपविजेता (
फागुन १० (२२ फेब्रुअरी) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता)
फागुन १२ (२४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता)
नेपाली टोलीः
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सागर ढकाल, लोकेश बम र प्रदीप ऐरी ।
ओमानको टोलीः
जिशान मकसुद (कप्तान), जतिन्दर सिंह, कश्याप प्रजापति, शोहिब खान, मोहम्मद नदिम, अयान खान, नेस्टर धम्बा, सन्दीप गौड, नसिम खुशी (विकेटकिपर), खवर अली, अमिर कलिम, फयाज बट, कलिमुल्लाह, विलाल खान र खुर्मान नवाज ।