चार देशीय अन्तर्राष्ट्रिय टि-२० सिरिज अन्तर्गत जारी खेलमा आयोजक ओमानले नेपाल समक्ष १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अल अमिरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो ।
ओमानका लागि कप्तान जिशन मक्सुदले अविजित ४३ रनको योगदान दिए । मोहम्मद नदिमले ३१ र जितेन्द्रर सिंहले १३ रन बनाए ।
खराब सुरुवात गरे पनि पाँचौ विकेटका लागि मक्सुद र नदिमले ६१ रनको महत्त्वपूर्ण साझेदारी गर्दै ओमानको पारी उकासेका थिए । नेपालका लागि अविनाश बोहराले तीन तथा कमलसिंह ऐरी, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले एक-एक विकेट लिए ।