बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) कार्यालय सुनधारामा पूर्व अर्थमन्त्री फोरमको बैठक सम्पन्न भएको छ ।
देशको वर्तमान अवस्था बैङ्क तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्या लगायत आगामी बजेट तथा समसामयिक विषयमा केन्द्रित रही शनिवार पूर्व अर्थमन्त्री फोरमको बैठक सम्पन्न भएको हो ।
सो बैठकले रेमिट्यानस बढाउने, पुँजीगत खर्च बढाउने, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने, आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तार गर्दै देशको दिगो आर्थिक विकास गर्ने विषयहरूमा बृहत् छलफल गरेको जनाएको छ ।
बैठकमा पूर्व अर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे, डा. रामशरण महत, वर्षमान पुन, डा. प्रकाश चन्द्र लोहनीको सहभागिता रहेको थियो । बैठकमा सहभागी पूर्व अर्थमन्त्रीहरूलाई बैङ्क तथा वित्तीय संस्था परिसंघका अध्यक्ष श्री पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता श्री भोजबहादुर शाह लगायत अन्य पदाधिकारीले स्वागत गरेका थिए ।