राप्रपाका पूर्व अध्यक्ष कमल थापाले बाहिर निस्कँदा पनि सुख नपाएको गुनासो गरेका छन् ।
राप्रपा परित्याग गरेपछि पनि सुख नपाउने भन्दै उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।
राप्रपाबाट औपचारिकरूपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो, फुटाउँदै छ, कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्ने गरेको उनले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘पार्टी भित्र बस्ने, टेक्ने ठाउँ नदिने । बाहिर निस्कँदा पनि सुख नपाउने ।’
राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न नमिल्ने भन्दै उनले नयाँ सिर्जना वाध्यता भएको बताएका छन् ।