राप्रपाबाट बाहिरिएका कमल थापाले राप्रपा नेपालको नेतृत्व लिएका छन् ।
लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराएको छ । यसअघि राप्रपा नेपालकै अध्यक्ष रहनुभएका थापाले पार्टी एकीकरण गरेपछि लाक्पा शेर्पाको अध्यक्षतामा राप्रपा नेपाल गठन भएको थियो ।
राप्रपा नेपालमा आबद्ध भएसँगै अध्यक्ष हुनुभएका कमल थापाले केही समयको अलमलपछि आफू फेरि पार्टीमा फर्किएको बताएका छन् ।
उनले भनेकाछ छन्, ‘देशको धरातलीय यथार्थ र साथीहरुको सुझावअनुसार हामीले राप्रपा नेपाललाई पुनर्जागृत गरेका छौँ । केही समयको अलमलपछि घर फर्केका छौँ । यो कार्यलाई सार्थक तुल्याउने राप्रपा नेपालका नेता लाक्पा तामाङलाई धन्यवाद ।’