सत्तारुढ गठबन्धनद्धारा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा बिरुद्ध दर्ता गरिएको महाअभियोगको प्रस्ताव निरर्थक भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बताएको छ ।
लोसपा केन्द्रिय कार्यकारिणि सदस्य जितेन्द्र सोनलले सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्तावको उद्देश्य नै प्रष्ट नरहेकोले त्यसको सार्थकता नभएको बताए ।
साधारण बहुमतले बनेको सरकारले दुईतिहाईं बहुमतको व्यवस्थापन बिना प्रस्ताव पास गर्न नसक्ने बताउँदै नेता सोनलले त्यो गठबन्धनको कुनै खास उद्देश्यका लागि मात्रै ल्याईएको बताए ।
‘गठबन्धनसंग दुईतिहाईंको आकडा छैन, प्रतिपक्षीहरुसंग सल्लाह पनि छैन’, सोनलले भने– उद्देश्य र पारित हुने निश्चितता बिनाको महाअभियोग प्रस्तावको कुनै मतलब हुन्न ।’
लोसपासंग सरकार वा गठबन्धनले महाअभियोगको बिषयमा चर्चा पनि नगरेको हुनाले त्यसबारे संसदमा छलफलपछी आफुहरुले आफ्नो रणनिति बनाउने सोनलले जनाए ।