मधेस प्रदेशको राजधानी जनकपुरमा नेकपा एमालेको स्थानिय चुनाव लक्षित दुई दिने प्रशिक्षण कार्यक्रम आजदेखी शुरु भएको छ ।
बैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने निणर्य अनुसार दुईदिने प्रशिक्षण जनकपुरमा शुरु भएको हो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलको प्रमुख अतिथ्यतमा कार्यक्रम शुरु भएको हो ।
एमालेको दबाब, निर्वाचन आयोगको ताकेता र जनस्तरबाट व्यक्त खबरदारीका कारण सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेको कुरालाई जनमानसमा फैलाउन तयारी तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको पार्टी श्रोतले जनाएको छ ।
निर्वाचनका लागि कार्यकर्ताहरुलाई तयारी हालतमा राख्न तथा एमालेलाई जितको दिशामा लग्नु कार्यक्रमको मुल उद्देश्य रहेको एक नेताले बताए ।
प्रशिक्षण कार्यक्रममा पार्टीका प्रदेश कमिटीका इञ्चार्ज तथा सह इञ्चार्ज, पदाधिकारीहरु, स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरु, सबै जिल्ला कमिटी इञ्चार्ज र सहइन्चार्जहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका स्कुल तथा स्थानीय तह विभागका प्रमुखहरु, जि.स.स. प्रमुख वा प्रमुख, उपप्रमुख, पालिका प्रमुख वा उपप्रमुखहरु तथा पालिका स्तरिय कमिटीका अध्यक्षहरु सहभागि भएका छन् ।