प्रतिनिधि सभाको फागुन ४ गते बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने विषय भने समेटिएको छैन।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रतिनिधि सभाको भोलिको बैठकमा एमसीसी अनुमोदनका लागि टेबल हुने बताएका थिए।
तर सम्भावित कार्यसूचीमा भने समेटिएको छैन। प्रतिनिधि सभाको बैठक भोलि १ बजेका लागि डाकिएको छ। त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ।