नेपाली काँग्रेसले प्रतिनिधि सभाको बुधबारको बैठकको कार्यसूचीमा एमसीसी थपिने बताएको छ ।
मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकार कुरा गर्दै काँग्रेस प्रवक्ता प्रकाशशरण महतले बुधबारको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा एमसीसी पनि रहने बताएका हुन् ।
संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ ।'एमसीसी टेबल हुन्छ । एमसीसी भोलिको कार्यसूचीमा नभए थपिएला । यो कार्यसूचीमा थपिनुपर्छ', बैठकपछि पत्रकारहरूले राखेको जिज्ञासामा उनले भने ।