नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलीय गठबन्धनले भोलि नेपाल बन्दको आव्हान गरेको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग सहित गठबन्धनले नेपाल बन्दको घोषणा गरेको हो ।
विप्लवको नेकपा,सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा,आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,मोहन बैद्य किरणको क्रान्तिकारी माओवादी,ऋषि कट्टेलको नेकपा र माओवादी केन्द्र समाजवादीले संयुक्तरुपमा नेपाल बन्दको आव्हान गरेका हुन् ।