खोटाङमा एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन गर्दै नेपाल सरकारसमक्ष पठाइएको छ ।
एमसीसी सम्झौता फिर्ताका लागि दबाबस्वरूप नागरिक समाजकातर्फबाट बुधबार दिक्तेल बजारमा संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई पठाइएको हो ।
दिक्तेल बजारमा संकलित हस्ताक्षर नागरिक समाजकातर्फबाट जयप्रसाद आचार्यले सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।