नेपाली काँग्रेसले विवादीत १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेपछी मधेश प्रदेशका ८ जिल्ला लगायत १६ वटै जिल्लाका काँग्रेसी अधिवेशनको तयारीमा लागेका छन् ।
विभिन्न कारणले पटक–पटक स्थगित जिल्ला उधिवेशन फागुन १३ गते हुने सुनिशिचत भएपछी नेता कार्यकर्ता अधिवेशन तर्फ अग्रसर भएका हुन् ।
मधेश प्रदेशको बारा जिल्लामा भने सभापतीका लागी आधिकारीक रुपमा ३ जना उम्मेदवारहरुले प्रचार–प्रसार थालेका छन् ।
माघ १५ गते गर्ने भनिएको अधिवेशन कोरोना माहामारीका कारण फागुन १३ गते सारिएपछी नेताहरु आ–आफनो तयारीमा लागेका हुन् ।
काँग्रेस बाराको सभापतीमा देउवा पक्षमै २ धार देखिएको छ । सो समुहबाट शम्भु बहादुर बुढाथोकी र राजेश राय यादवले सभापतीको दावेदारी दिईरहेका छन्, भने शेखर कोईराला पक्षबाट रामानन्द यादवले दावेदारी पेश गरेका छन् ।
वडादेखी क्षेत्र, प्रदेश तथा केन्द्रिय महाधिवेशनसम्म एउटै गुटमा रहेका बुढाथोकी र राजेश राय यादव अहिले गुटभित्रै अर्कै–अर्कै समुह बनाएर आ–आफ्नो उम्मेदवारी पेश गरेका हुन् ।
नेपाली काँग्रेसका नवनिर्वाचित सहमहामन्त्री फर्मुल्लाह मंसुरको डाईरेक्ट सपोट रहेको बुढाथोकीलाई बाराको ४ मध्ये २ क्षेत्रिय सभापतीले सपोर्ट गरेका छन् ।
क्षेत्र नं. १ का सभापती तथा सिम्रौनगढ नगरपालिकाका मेयर विजयशंकर यादव तथा क्षेत्र नं. ३ का सभापती प्रभात चौरसियाको सपोर्ट बुढाथोकीलाई छ ।
त्यसैगरी क्षेत्र नं. २ का सभापतिमा कोईराला समुहबाट लडेर पराजित भएका महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले समेत बुढाथोकीलाई सपोर्ट गरेका छन् ।
यता देउवा पक्षकै अर्का उम्मेदवार कलैया उपमहानगरपालिकाका मेयर समेत रहेका राजेश राय यादवको समर्थनमा समेत २ क्षेत्रिय सभापती खुलेका छन् ।
क्षेत्र नं. २ का सभापती रामप्रवेश यादव तथा क्षेत्र नं. ४ का सभापती सुनिल गुप्ताले यादवलाई सपोर्ट गरेका छन् ।
शेखर कोईराला समुहका उम्मेदवार रामानन्द यादवको समर्थनमा भने खानेपानी मन्त्री तथा काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी सहित दुई संबिधानसभा सदस्य लगायतका नेताहरु रहेका छन् ।
संबिधानसभा सदस्य रामअयोध्या प्रसाद यादव तथा लालबाबु सिंह, जिल्ला बिकाश समितिका पुर्व सभापती राजेन्द्र प्रसाद यादव, नेबिसंघका निवर्तमान सहमहामन्त्री राजेश रौनियार लगायतका नेताले रामानन्द यादवलाई सपोर्ट गरिरहेका छन् ।
फागुन १३ गते हुने जिल्ला निर्वाचनका लागी तिनवटै पक्ष आफ्नो प्यानल बनाउन अग्रसर देखिएका छन् । रामानन्द यादव समुहबाट युवा नेता राजेश रौनियारले सचिव पदमा लड्ने घोषणा नै गरिसकेका छन् ।
अधिवेशनको मिति ननिकिदैं जाँदा तिनै समुहका उम्मेदवार प्रचार–प्रसारमा व्यस्त छन् । देउवा पक्षका बुढाथोकी समहुले सदरमुकाम कलैयामा प्रचार–प्रसार कार्यालय नै खोलेर दैनिक रुपमा भोट माग्ने कार्यमा लागेका छन् ।
जिल्लाका १६ वटै पालिकामा पुगेर जिल्ला अधिवेश प्रतिनिधिहरुलाई आफ्नो पक्षमा पार्ने अभियानलाई रामानन्द पक्षकाले समेत तिब्रता दिएका छन् । देउवा पक्षकै अर्को उम्मेदवार राजेश समुह भने त्यति सक्रिय भएको देखिदैन् ।
यस्तो छ जिल्लाको तथ्यांक !
जिल्ला अधिवेशनका लागि बारा जिल्लामा काँग्रेसको लगभग २ हजार ५ सय प्रतिनिधि (भोटर) रहेका छन् ।
क्षेत्रिय अधिवेशनको नतिजा अनुसारे खसेको कुल २ हजार ४ सय २० मत मध्ये देउवा पक्षलाई १ हजार ३ सय २० मत परेको थियो । भने कोईराला समुहलाई १ हजार १ सय मत परेको थियो ।
जिल्ला अधिवेशनमा सोहि अनुपातको मत खंसे देउवा पक्षको मत दुई गुटमा बाँडिने देखिन्छ । कोईराला पक्षका केहि नेता शम्भु बुढाथोकीको गुटमा लागेको अवस्थामा ८० देखि १०० भोटसम्म घटेको अवस्थामा पनी पहिलो नम्बरमा रामानन्द यादव नै हुने आंकलन छ ।
यसरी काँग्रेसको त्रिपक्षिय भिडन्तले जिल्लाका काँग्रेसिजनमा कौतुहलताको माहौल सृजना हुनु स्वभाविक नै हो ।
पार्टीको बिधान अनुसार पहिलो पटकको मतदानमा सभापतीका कुनै एक उम्मेदवारले ५० प्रतिशत मत नकटाए पहिलो र दोश्रो भएका उम्मेदवार बिच पुनः मतदान हुनेछ । यसअर्थमा दोश्रो चरणमा कुन–कुन उम्मेदवार पुग्ने हुन वा पहिलो चरणमै टुंगो लाग्ने हो भन्ने कुरा कौतुहलताको विषय बनेको छ ।
तिनै उम्मेदवारको राजनितिक जिवन
राजेश राय यादव
सभापतीका तिनै उम्मेदवार मध्ये राजेश राय यादव नयाँ राजनितिज्ञ हुन् । पुर्व सांसद राधेचन्द्र यादवका छोरा राजेशको राजनितिक ईतिहाँस ५ वर्ष पुरानो मात्रै छ । पटक–पटक काँग्रेसको जिल्ला सभापती भएका राधेचन्द्रले स्थानिय निकायको निर्वाचनमा एकाएक राजेशलाई टिकट दिएर बिजयी बनाएका थिए ।
जिल्लाका काँग्रेसी नेताहरुले नरुचाएको यादवको उक्त निर्णयकोृ अहिले पनि चर्चा हुने गरेको छ । राजेशले बुवाको राजनितिक हैसियतको फाईदा लिएर एकैपटक कलैया उपमहानगरपालिकाको मेयर बनेका थिए ।
पार्टीको कुनै कार्यकारी पदमा नरहेका राजेश अहिले एक्कासी जिल्ला सभापती बन्ने दाउंमा लागेका हुन । पार्टीमा कामै नगरेका व्यक्ति जिल्ला सभापती भए परिवारवाद, जातियवाद तथा गुटवादमा बढोत्तरी हुने बारा काँग्रेसका नेताहरुको दावी छ ।
रामानन्द यादव
काँग्रेसको राजनितिमा लामो राजनितिक ईतिहाँस बोकेका रामानन्द यादव भने बारा काँग्रेसको जानामाना नाम हुन् । २०७४ सालको निर्वाचनमा बारा क्षेत्र नं. ३ (क) बाट प्रदेशसभा उम्मेदवार भएका रामानन्द झिनो मतान्तरले पराजित भएका थिए । उनि यसअघी पनि बारा काँग्रेसको सभापतीमा दुई पटक लडेर पराजित भईसकेका छन । पार्टी कार्यकर्ताहरुबाटै पटक–पटक अन्तर्घात खेपेका रामानन्द निश्वाथ्र्य रुपमा ईमानदार कार्यकर्ताको रुपमा काँग्रेस संग डटेका नेता हुन् ।
शम्भु बहादुर बुढाथोकी
ठेकेदारी व्यवसायबाट राजनितिमा छिरेका शम्भु बहादुर बुढाथोकी पनी काँंग्रेसमा चिनिएको अनुहार हुन ।
संबिधानसभाको दोश्रो निर्वाचनमा बाराको तत्कालिन निर्वाचन क्षेत्र नं. ६ बाट उम्मेदवार बनेका बुढाथोकी एमाले नेता तथा पुर्वमन्त्री पुरुषेत्तम पौडेलबाट पराजित भएका थिए ।
आफु जिल्ला सभापतीमा निर्वाचित भए सबैलाई मिलाएर जाने तथा गुटको अन्त्य गर्ने उनको कथन छ ।