नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने भएको छ ।
बिहीबार बसेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति बैठकले फागुन १३ गतेका लागि तोकिएको निर्वाचन दुई दिन पछाडि १५ गते सारेको हो ।
कांग्रेस निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार पार्टी नेतृत्वको अनुरोधअनुसार जिल्ला अधिवेशनको मिति दुई दिन सारिएको हो ।
कांग्रेसले यसअघि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँकै, अछाम र कैलालीको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको थियो ।