नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन बचाएर एमसीसीबारे निकास दिने प्रयास गरिरहेको बताएका छन् ।
बिहीबार एमसीसीबारे गठबन्धनमा ‘निर्णायक’ छलफल हुनुअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा नेता एवं मन्त्री राजेन्द्र श्रेष्ठसँगको छलफलपछि प्रचण्डले सो कुरा बताएका हुन् ।
प्रचण्डले गठबन्धन बचाएर एमसीसीबारे निकास दिने प्रयास गरिरहेको र आज बस्ने गठबन्धनको बैठकले एमसीसीबारे सकेसम्म निचोड निकाल्ने दाबी गरे ।
उनले वर्तमान गठबन्धनको भविष्य निरन्तर हुने वा नहुने भन्ने निर्धारण आजको बैठकले गर्ने बताए ।