सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डाक्टर गोपाल भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो ।
तीन जनामध्येबाट सरकारले हमाललाई अध्यक्षमा नियुक्त गरेको हो । यस्तै नवनियुक्त हमालले नेपालको शेयर बजारको विकास र विस्तारमा आफूले इमानदार प्रयास गर्ने बताएका छन् । साना लगानीकर्ताको हित र बजारको विविधीकरण गर्न सक्दो प्रयास गर्ने उनको भनाई छ ।
नेपालको शेयर बजारलाई बलियो र सक्षम बनाउँदै अन्तर्राष्ट्रियस्तरको बनाउने आफ्नो सपना रहेको भन्दै उनले त्यसका लागि सहयोग गर्न सञ्चारमाध्यमलाई आग्रह गरे ।