प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन् ।
सत्ता गठबन्धनको बैठकलगत्तै देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । सत्ता गठबन्धनले निष्कर्ष निकाल्न नसकेपछि देउवा ओलीलाई भेट्न पुगेका हुन् ।
बिहीबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनका चार दलको बैठक सहमतिबिना नै टुङ्गिएको छ ।बैठक भोली बिहान बस्ने सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।