सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।
सार्वजनिक निर्णयअनुसार सरकारले कोभिड–१९ विरुद्धको आकस्मिक प्रतिकार्य र जोखिमको पूर्वतयारीको लागि विश्व बैंकबाट २ अर्ब १४ करोड रुपैयाँ थप ऋण सहायता स्वीकार्नेलगायतका ११ निर्णय गरेको छ ।
त्यस्तै, बैठकले राष्ट्रिय बीमा संस्थान सञ्चालक समिति अध्यक्ष गंगाराम कँडेलको राजीनामा स्वीकृत, धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ ।
श्रमिक अस्पताल स्थापनाको प्रक्रिया बढाउन स्वीकृति प्रदान गरिएको छ ।