पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
५ हजार १३३ जनाको पीसीआर परीक्षण गर्दा २७५ र तीन हजार ९५८ जनाको एन्टीजेन परीक्षण गर्दा १६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कुल ९ हजार ९१ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ४३७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सोही अवधिमा दुई हजार ४५४ जना सङ्क्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७.३ प्रतिशत छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९१३ पुगेको छ ।
त्यस्तै, नेपालमा हाल १४ हजार ४३५ जना सक्रिय सङ्क्रमित छन् ।
पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २४ हजार ८६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।