बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
घाँस–दाउराका लागि जङ्गल गएका राप्तीसोनारी गाउँपालिका–६ का ६० वर्षीय धनबहादुर चलाउनेको आज बिहान बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
राप्ती पीडित सामुदायिक वनमा घाँस–दाउरा काट्न गएको बेला चलाउनेलाई बिहान ८ बजे बाघले आक्रमण गरी घिसारेर लगेको थियो । उनको शव बिहान १० बजेतिर फेला परेको प्रहरीले जनाएको छ ।
बाँकेमा असोजयता बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।