नेकपा एकीकृत समाजवादीले यथास्थितिमा अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ ।
शनिबार बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको उपमहासचिव जगनाथ खतिवडाले जानकारी दिए । संशोधनसहित संसदमा आए छलफल गर्न सकिने उने बताए ।
उनले भने, ‘संसद अवरोध हट्नुपर्छ । एमसीसीबारे छलफल हुने वातावरण बन्नुपर्छ । सहमति जुटाएर संसदमा पेस गर्न सकिन्छ ।’
बैठकका निर्णण्बारे सहरी विकास मन्त्रीसमेत रहेकी एकीकृत समाजवादीकी एक नेत्री रामकुमारी झाँक्रीले भनिन्, ‘यथास्थितिमा यसलाई पारित गर्न सकिँदैन तर यसलाई रोक्ने काम गर्नुहुँदैन सार्वभौम संसद्मा छलफलमा लैजानुपर्छ भन्ने निर्णय भएको छ ।’
स्थायी कमिटी बैठकले एसमीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिएको छ ।